विपक्षी गठबन्धनले राजनीतिक र कानूनी लडाइँ लड्ने

काठमाडौं– विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने घोषणा गरेको छ ।
संसद विघटनविरुद्ध साझा रणनीति बनाउन संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले बदनियतपूर्वक प्रतिनिधि सभा विघटन गरेको भन्दै राजनीतिक र कानूनी लडाइँ लड्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त बक्तव्य जारी गरेका हुन् ।

बक्तव्यमा प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई अनिश्चयतर्फ धकेलेको उल्लेख गरिएको छ ।
बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने र अदालतले पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दाबी गरेका छन् ।


Published :८ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media