राष्ट्रपतिद्वारा नेपाल नागरिकता अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नागरिकता अध्यादेश जारी गरेकी हुन् ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत असारमा पास भएको थियो ।

नेपाली नागरिकसँग विवाह गरेर नेपाल आएकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकताका विषयमा समितिमा लामो समय सहमति जुट्न सकेको थिएन । सहमति हुन नसकेपछि नेपाली कांग्रेस, तत्कालिन राजपा र समाजवादी पार्टीको असहमतिका बीच बहुमतले विधेयक पारित भएको थियो ।

प्रतिनिधि सभा विघटन भएका कारण सरकारले अध्यादेशबाट ऐन संशोधन गरेको हो ।


Published :९ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media