१० दिने पर्यटन काज शिक्षकलाई पनि : शिक्षा मन्त्री

राष्ट्रपाटी न्युज

१६ जेष्ठ २०७८

काठमाडौं– सरकारले बजेट भाषणमार्फत ल्याएको ‘पर्यटन काज’मा शिक्षकहरु पनि समेटिने भएका छन् ।

कतिपय शिक्षकका पेसागत संघ संस्थाहरुले बजेटमा उल्लेख गरिएको पर्यटन काजमा शिक्षकहरुलाई नसमेटिएको भनेर विरोध सुरु गरेकाबेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षकहरुलाई पनि समेटिने बताएका छन ।

मन्त्री श्रेष्ठको सचिवालयले राष्ट्रपाटि डटकमसँग कुरा गर्दै १० दिने पर्यटन काजमा शिक्षकहरु नछुट्ने बताएको छ।

बजेटमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलव्ध गराइने उल्लेख छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बक्तव्यमा उल्लेख छ ।


Published :१६ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media