अझै जेठ ३१ गतेसम्म लकडाउन , किराना पसल र वर्कशप खोल्न पाइने

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०७८

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ बजे देखि विहान ९ बजे सम्म स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न पाइने भएको छ ।
निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नुपर्ने उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।


Published :१९ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media