ओखलढुंगाका अग्रणी व्याक्तित्व शिब कुमार अधिकारीको निधन

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७८

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन ओखलढुंगा जिल्लाका पुर्ब अध्यक्ष एबम नेकपा एमालेका जिल्ला सचिबालय सदस्य शिब कुमार अधिकारीको ६१ बर्षको उमेरमा निधन भएको छ। केहि समय अघि कोरोनाको संक्रमण भएको तर पछि कोरोना मुक्त भएपछी पुन निमोनियाका कारण निधन भएको एमाले केन्द्रिय सदस्य एबम भाइ किशोर अधिकारीले जानकारी दिएका छन्।
ओखलढुंगा जिल्लाको शैक्षिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका अधिकारि नेपाल राष्ट्रिय शिक्षक संगठनको पुर्व केन्द्रिय सदस्य ,पुर्व प्रधानाध्यापक एबम एक अग्रणी व्याक्तित्व हुनुहुन्थ्यो। उहाँको निधनबाट ओखलढुंगाको शैक्षिक एबम कम्युनिष्ट आन्दोलनले ठुलो क्षति बेहोर्नु परेको छ।


Published :२१ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media