नयाँ संवैधानिक इजलास गठन, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुरु

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०७८

कठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोकेका छन्।

इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

यसअघि गठित संबैधानिक इजलासमा संलग्न न्यायधीशका बारेमा वकिलहरुले असहमति जनाएपछि सर्वोच्च बार र प्रधानन्यायधीशबीच बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको थियो ।

आजदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि संबैधानिक इजलासमा वहस शुरु हुँदैछ ।।


Published :२३ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media