नेपाल समुहको वलीलाई उल्टै ६ बुंदे जवाफ

राष्ट्रपाटी न्युज

२४ जेष्ठ २०७८

काठमाडौँ : एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले अध्यक्ष ओलीको ६ बुँदे आह्वानको जवाफ ६ बुँदेमा नै दिएको छ । समूहका नेता नेपालद्वारा हस्ताक्षरित पत्रमा २०७५ जेठ २ गतेको स्थितिमा पार्टी संगठनलाई कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुकुल हुने कुरा गरिएको उल्लेख छ ।

ओलीले आइतबार राति ६ बुँदे पुनर्मिलनका लागि आह्वान पत्र जारी गर्दै आफू २ जेठ २०७५ मा जान तयार रहेको तर, त्यसमा लागि नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन् ।

त्यस्तै जवाफी पत्रमा आह्वान अनेकता सृजना गर्नेतर्फ लक्षित, अल्मल्याउने भाषा प्रयोग भएको र कथित कारबाही फिर्ता लिने विषय उल्लेख नभएको उल्लेख छ ।


Published :२४ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media