सुदुरपश्चिममा माधव नेपाल पक्ष माओबादी संग मिल्यो

राष्ट्रपाटी न्युज

२५ जेष्ठ २०७८

धनगढी– एमाले माधव पक्षको समर्थन पाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ ।

मंगलबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिएका छन् । एमालेको खनाल-नेपाल समूहका १७ र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मत दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् ।

५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ मत आवश्यक थियो ।

मुख्यमन्त्रीको विपक्षमा नेकपा एमालेको संस्थापनका ७ र जसपाका २ गरी ९ मत खसेको थियो । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी भएनन् ।

एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुभएको थियो ।


Published :२५ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media