२०७५ जेठ २ गते कायम रहेका पदाधिकारीको बैठक बोलाउन बामदेवको माग

राष्ट्रपाटी न्युज

२६ जेष्ठ २०७८

काठमाडौं । नेकपा एमाले एकता अभियानका संयोजक वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।

गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुकै फैसला आए पनि एमाले एकताबद्ध एमाले आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

गौतमले अध्यक्ष ओलीको पछिल्लो वक्तव्य कुटिल र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको भए पनि एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्ने बुँदा सकारात्मक रहेको बताएका छन् ।


Published :२६ जेष्ठ २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media