अव एमाले संग कुनै सम्बन्ध छैन – जीवन राइ

काठमाडौं । लामो समय देखि विवाद र समस्या झेलेर विभाजनको नजिक पुगेको नेकपा एमालेका दुइ कित्ताले फरक फरक राजनीतिक दलको रुपमा गतिविधि गरिरहेको सन्दर्भमा माधव नेपाल पक्षधर भनेर चिनिने एमालेका युवा नेता जीवन राईले नयाँ पार्टी दर्ता गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नाम सहित चुनाब चिन्ह कलम राखेर उनको अध्यक्षतामा यो पार्टी दर्ता भएको छ। निर्बाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि आफ्नो सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्।
ढिला चाडो कम्युनिस्ट पार्टीहरु एकीकृत हुनुको कुनै विकल्प छैन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) चुनाव चिन्ह “कलम” जिन्दावाद !!!
यसै सन्दर्भमा राष्ट्रपाटि समाचारका सम्पादक सन्तोष लुइटेलसंग कुरा गर्दै उनले बिबिध बिषयमा आफ्ना धारणाहरु राखेका छन्। सबैले एमालेकै माधव नेपाल पक्षले उनलाई अघि सारेको र ढिलो चांडो उनकै पार्टी प्रयोग हुने भन्दै गर्दा यसलाई  अस्वीकार गर्दै उनि भन्छन- ‘यो पार्टी खोल्नुमा उहाँको कुनै हात छैन । उहाँले हामीले पार्टी बनाएको धेरै पछि थाहा पाउनु भएको हो । ‘

मुलुकमा यति धेरै कम्युनिष्ट पार्टीं रहेको र त्यसमाथि आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) नै सत्ता र शक्तिमा रहेको बेला नयाँ कम्युनिष्ट दल दर्ता गर्नुपर्ने आवश्यकता किन परेको भन्ने प्रश्नमा उनि भन्छन – ‘ दीर्घकालीन हिसाबले भविष्यमा मुलुकमा दुईटा पार्टी मात्रै हुनेछन् । एउटा कम्युनिष्ट र अर्को गैरकम्युनिष्ट । त्यो बेला समग्र कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउने कुनै न कुनै माध्यमबाट पहल गर्न जरुरी छ । त्यसैले सबै कम्युनिष्टलाई एकीकृत गर्नुपर्छ भनेर हामीले दल दर्ता गर्‍यौँ ।’

अब आफ्नो पुर्व पार्टी एमाले संग कुनै सम्बन्ध नभएको बताउदै उनि थप्छन – ‘मलाइ देशभरका वडा – वडाबाट फोन आइरहेको छ। कोरोना संक्रमण अलिकति कम भएपछि देशभर ७७ जिल्लामै भेला आयोजना गरि संगठन निर्माण गर्छौ । संगठन विस्तारमा लाग्छौँ । विभिन्न जनसंगठन तत्काल गठन गरि देशव्यापी पार्टी निर्माणको अभियानमा लाग्छौँ ।


Published :१२ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media