कोरोनाबाट सुरक्षित रहन नगरप्रमुख खरेलकाे अपिल

राष्ट्रपाटी न्युज

असार १८, २०७८

बूढानीलकण्ठ।
काठमाडाैमा लकडाउन खकुलाे गरिए तापनि काेभिडकाे सङ्क्रमणकाे जाेखिम भने उस्तै नै छ । सङ्क्रमित हुनेहरूकाे सङ्ख्यामा पनि कमी नदेखिएकाे नगरपालिकाकाे जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा देख्न सकिन्छ । नगरपालिका भित्र दिनहुँ सङ्क्रमितको संख्या थपिने गरेको छ ।
लकडाउन खुकुलाे भएसँगै सर्वसाधारणकाे चहलपहल बढेकाेले घर बाहिर निस्कदा स्वास्थ्य सुरक्षाकाे उपर्युक्त मापदण्ड अपनाइ सामाजिक दुरी कायम गरि काेभिडकाे सङ्क्रमणबाट सुरक्षित रहनका लागि नगर प्रमुख उद्दव खरेल सम्पूर्ण नगरवासीहरूमा हार्दिक अपिल गरेका छन ।

 


Published :असार १८, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media