देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने

काठमाडौँ : नेकपा एमालेले पार्टी एकताका लागि पुन: एक पटक प्रयास गर्ने भएको छ । शुक्रबार बालुवाटारमा बसेको केन्‍द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध र सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माण गर्न सकिने निष्‍कर्ष निकालेको हो । बैठकमा प्रधानमन्‍त्रीसमेत रहेका अध्‍यक्ष ओलीले पार्टी एकताका लागि सबैलाई रचनात्मक भूमिका खेल्न आग्रह गरेका हुन् । बैठकले एमाले एकतालाई सुदृढ गर्न पुनः एक पटक सबै नेता कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरेको प्रवक्‍ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार बैठकमा ओलीले एकताका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता लिएर मात्रै एकताको आधार तयार हुनसक्ने बताए ।

बैठकपछि प्रवक्‍ता ज्ञवालीद्वारा जारी विज्ञप्‍तिमा समेत पार्टी एकताको रक्षा, विकास र पार्टीको सुदृढीकरणका लागि आ–आफ्नो स्थानबाट रचनात्मक योगदान गर्न सबै नेता–कार्यकर्ताहरूलाई आह्वान गरिएको छ । बैठकले एकताका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर आउँदो सोमबारसम्‍म फिर्ता लिन नेपाल पक्षलाई आह्‍वान गरेको छ।

 


Published :१८ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media