शेख हसिना भारतमा चुपचाप बस्नुपर्छ- मोहमद युनुस

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसले भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीहरूले उनको ‘अमित्रतापूर्ण मनोवृत्ति’ तर्फ संकेत गरेको बताएका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा युनुसले भने, ‘दुई देशबीचको असहजताबाट बच्न बंगलादेशले भारतलाई पठाउन अनुरोध नगरुन्जेल शेख हसिना चुपचाप बस्नु पर्छ ।’

युनुसले ढाकास्थित आफ्नो सरकारी निवासमा पीटीआईलाई यो अन्तर्वार्ता दिएका हुन् ।

शेख हसिनाको सरकारको पतनपछि मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हालिरहेका छन् ।

उनले भने, ‘बंगलादेशले भारतसँग बलियो सम्बन्धलाई महत्व दिन्छ । तर भारतले अवामी लिग बाहेक सबै राजनीतिक दलहरूलाई इस्लामवादी र शेख हसिना बिनाको देश अफगानिस्तान बन्छ भनेर लेबल लगाउने प्रवृत्तिबाट बाहिर आउन आवश्यक छ ।’


Published :भदौ २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media