एमाले केन्द्रिय कमिटि बैठकमा महेश बस्‍नेतको धमाकेदार प्रस्ताव

काठमाडौं– सत्तारुढ नेकपा एमालेमा संघीयताको समीक्षा र धर्मनिरपेक्षताको बहसको प्रस्ताव प्रवेश भएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले संघीयता, धर्मनिरपेक्षतासहित ८ वटा प्रस्ताव पेस गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुलुकको विशिष्ट पहिचान घोषणा, प्रधानमन्त्री दुई कार्यकालमात्रै रहने संवैधानिक व्यवस्था, पार्टी अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकालको सीमा बनाउन प्रस्ताव गरेका छन् ।
उनले पार्टी अध्यक्ष पनि दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था गर्न बहस गर्नुपर्ने धारणा राखेका छन् । पदाधिकारी तीन कार्यकालभन्दा हुन नपाउने व्यवस्था विधानमा गरिनु पर्ने उनको भनाइ छ ।
त्यस्तै पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरूको स्थान ४० प्रतिशत सुनिश्चित गरिनु पर्ने उनले बताए ।
बस्‍नेतले पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन, विधान र चुनावको घोषणा पत्रमा यो विषय सम्बोधन गर्न बैठकबाट कार्यदल बनाउन माग गरेका छन् ।
बस्नेतको प्रस्तावबारे केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।


Published :१९ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media