बुढानीलकण्ठमा ४,४५८ जनाले लगाए भेरोसेल खोप

राष्ट्रपाटी न्युज

असार २४, २०७८

काठमाण्डौ । बूढानीलकण्ठ नगरपालिकामा भेरोसेलको दोस्रो मात्राको खोप अभियान अन्तर्गत असार २२ र २३ गते जम्मा ४,४५८ जनाले खोप लगाएका छन्। कोभिड १९ विरुद्धको चीन सरकारद्वारा प्राप्त भेरोसेल खोप पहिलो मात्रा लगाइसकेकाहरुले खोप प्राप्त गरेको नगरपालिकाले जानकारी दिएको छ।

नगरपालिकाका अनुसार असार २२ गते १,२०३ जना महिला र १,२७४ जना पुरुष गरि कुल २,४७७ जनाले खोप लगाएका थिएभने असार २३ गते ९४४ महिला र १,०३७ जना पुरुष गरि १,९४९ जना गरि कुल ४,४५८ ले खोप लगाएका छन्।

साथै उक्त खोप अभियान अन्तर्गत आज असार २४ गते खोप लगाउने अन्तिम दिन रहेकोले छुट्नुभएका व्यक्तिहरुले खोपको सेवा लिन नगरपालिकाले अनुरोध गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा वडा नं १३ मा रहेको करुणा अस्पताल र बुढानीलकण्ठ ३ स्थित घुम्ति स्वास्थ्य चौकीमा खोप केन्द्र रहेका छन ।


Published :असार २४, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media