थप १ हजार ३१० जनामा सङ्क्रमण पुष्टि, २१ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२ श्रावण २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ३१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ८५८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार २०८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १६४ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५२७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।


Published :२ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media