वाइड रेन्ज कन्सल्टेन्सीको महत्वपूर्ण शैक्षिक परामर्श कार्यक्रम चल्दै

राष्ट्रपाटी न्युज

४ श्रावण २०७८

सन् २००७ देखि भारतका उत्कृष्ट बिश्वबिद्यालय, कलेज र इष्टीच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने उदेश्यले जान चाहने बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सीले बिध्यार्थीहरूलाई मेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृतिको बारेमा जानकारी गराइरहेको छ।
वाइड रेन्ज कन्सल्टेन्सीले भारतका उत्कृष्ट बिश्वबिद्यालय, कलेज र इष्टीच्यूटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पुर्वाधार, शिक्षाको गुणस्तर लगायत विषयहरुमा अन्तर्राष्ट्रिय बिधार्थीहरू संग छलफल गरि प्राप्त अनुभव तथा छात्रवृतिका बारेमा जानकारी प्राप्त गरी बिध्यार्थी र अभिभावकहरूलाई सत्य तथ्य जानकारी गराउदै आएको छ। हाल शैक्षिक सत्र २०२१-२२ को लागि भर्ना प्रकृया अगाडि बढाउने समयमा वाइड रेन्ज कन्सल्टेन्सीले यो स्टडी इन इन्डिया स्कलरसिप इन्फर्मेसन सेसन एण्ड प्रेस मिटको आयोजना गरेको हो।
कम्पेक्स स्कलरसिप के हो?
भारतीय दुतावास काठमाडौंले प्रत्यक बर्ष मेधावी र मेहनती बिधार्थीहरूलाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृतिमा भारतका उत्कृष्ट बिश्वबिद्यालय र कलेजमा पढ्नको लागि पुर्ण छात्रवृति कम्पेक्स स्कलरसिप २०२१ मार्फत प्रदान गर्ने गरेको छ। अगस्ट चार तारिख सम्म आबेदन दिन मिल्ने यस छात्रवृतिमा अन्डरग्याजुएट प्रोग्राम BE ENGINEERING, PHARMACY, AGRICULTURE, FOOD TECHNOLOGY र B.Sc. NURSING कालागि बिध्यार्थीहरूले आबेदन दिन सक्ने छन् ।
यस बर्ष कोरोनाको महामारीका कारण यो कम्पेक्स स्कलरसिप टेस्ट कम्प्युटर वेसमा अगस्टको चौंथो साता संचालन गरिने छ । कक्षा १२ पास गरेका र परीक्षा दिएका दुबै बर्गका बिध्यार्थीले यो स्कलरसिप टेस्ट दिन मील्ने भारतीय दुतावासद्वारा निस्कासित छात्रवृति फारम भर्ने तरिकामा उल्लेख गरिएको छ।
कक्षा १२ मा ६०% प्राप्ताङ्क ल्याएका बिध्यार्थीहरूले यो छात्रबृती दाबि गर्न सक्ने छन्। छात्रवृति सम्बन्धी सम्पूर्ण जानकारी भारतीय दुतावासको वेबसाइटमा राखिएको छ।
कम्पेक्स स्कलरसिप प्रदान गर्ने भारतको उडिसामा अबस्थित कालिङ्गा इष्टीच्यूट अफ इन्डस्टियल टेक्नोलोजी किट युनिभर्सिटीलाई वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रबर्धन गर्दै आएको छ। किट युनिभर्सिटी सन् १९९२ मा स्थापित यस शैक्षिक संस्था बिकसित हुँदै हाल भारतकै MHRD र्याङकिङमा नम्वर वान प्राइभेट युनिभर्सिटी, NIRF र्याङकिङमा २४ औ स्थानमा पर्न सफल भएको छ भने NBA टायर वान र NAAC A ग्रेड लगायतका थुप्रै रेटीङ र्याङकिङ हात पार्न सफल भएको छ। तिस हजार आदिबासी जनजाति किशोर किशोरी हरूलाई निशुल्क शिक्षा प्रदान गराउन सफल किस प्रोजेक्टका अध्यक्ष तथा किट युनिभर्सिटीका चेयरम्यान अचुत सामन्तको दुरदर्शी विचारधारात्मक संघर्ष कै कारण किट युनिभर्सिटी आज अन्तर्राष्ट्रिय बिध्यार्थी, बिश्वबिद्यालय र इन्डस्ट्री जगतमा प्रसिद्ध बन्दै गइरहेको छ।
कम्पेक्स स्कलरसिपमा बिध्यार्थी भर्ना गरिरहेको र वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रबर्धन गर्दै आएको अर्को शैक्षिक संस्था हो, बि एम एस कलेज अफ इञ्जिनिएरिङ्।


सन् १९४६ मा स्थापना भएको बि एम यस कलेज अफ इञ्जिनिएरिङ् भारतकै गार्डेन सिटी बेङ्गलोरकै मुटु बुल टेम्पल रोडमा अबस्थित रहेको छ। यस शैक्षिक संस्थाले साढे सात दशकको निरन्तरको यात्रा संगै ४०,००० बिध्यार्थीहरूलाई उच्च पेशागत शीप, दक्षता सहितको बिश्वभरी मान्यता प्राप्त शैक्षिक प्रमाणपत्र मात्र दिलाएन, संसारको जुनसुकै कुनामा पुगे पनि सफल इन्जिनियर र इन्डस्टियल लीडरको रूपमा स्थापित गराउन सफल भएको छ।
शिक्षण पद्दतीमा इन्डस्टियल एक्स्पोजर र अन्तर्राष्ट्रिय बिश्वबिद्यालयसंगको सहकार्यले बि एम यस कलेज अफ इञ्जिनिएरिङ् को शाख अझ मर्यादित र गौरबशाली बनेको छ। अनुसन्धानमा बि एम यस कलेज अफ इञ्जिनिएरिङ् को पिएचडी प्रोग्राम भारतमै उत्कृष्ट रहेको छ।
नेशनल एसेस्मेन्ट एण्ड एकृडीएसन काउन्सिल NAAC A++ एकृडीएटेड, नेशनल बोर्ड अफ एकृडीएसन NBA एकृडीएटेड, भिवेश्वरा टेक्नीकल युनिभर्सिटी एफिलीएटेड, अल इन्डिया काउन्सिल फर टेक्नीकल एजुकेशन AICTE अप्रुभड, नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको लगायतका थुप्रै सर्टीफीकेसन र बल्ड बैंकको लगानी भयका परियोजना समेत यस शैक्षिक संस्थाले आफु संलग्न रहेर पुरा गरीसकेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिध्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरुले बिश्वास गरेका छन्।
बिध्यार्थीहरूलाई भारतको सबै क्षेत्रका शैक्षिक संस्थाहरुको अबसर मिलोस् भन्ने हेतुले वाइड रेन्ज कन्सल्टेन्सीले हरियाणा, अम्बालामा अबस्थित महर्षि मारकन्डेश्वर युनिभर्सिटीलाइ कम्पेक्स स्कलरसिप स्कीम प्रदान गरेको ,जस अन्तरगत नेपालमा यसको प्रबर्धन भइरहेको छ। सन् १९९३ मा स्थापना भएको यस शैक्षिक संस्था NAAC A एकृडीएटेड युनिभर्सिटी हो। ११ वटा छुट्टाछुट्टै क्याम्पस सहित उच्च पुर्वाधारका बिच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्याकल्टीहरूद्वारा बिश्वभर मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न महर्षि मारकन्डेश्वर युनिभर्सिटी सफल भएको छ। महर्षि मारकन्डेश्वर युनिभर्सिटीको नेपालको अथोराइज एड्मिसन अफिस वाइड रेन्ज कन्सल्टेन्सी रहेको सस्थाका मेनेजिङ डाइरेक्टर सुदिप नायक बताउछन।

कम्पेक्स स्कलरसिप तथा अन्य थुप्रै छात्रवृतिको बारेमा जानकारी गराउँदै आएको वाइड रेन्ज कन्सल्टेन्सी भारतीय शिक्षाको लागि वान स्टप सोलुसन रहेको सस्थाको दावि छ।


Published :४ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media