गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

राष्ट्रपाटी न्युज

१२ श्रावण २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंगलबार साँझ गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादव भने पदमुक्त भएका छन्।


Published :१२ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media