सम्पर्कमंचको कार्यक्रममा नानीबाबु बुढाथोकीको जन्मदिन संयोग

राष्ट्रपाटी न्युज

१६ श्रावण २०७८

काठमाण्डौ । नेकपा एमाले ओखलढुंगा-काठमाण्डौ सम्पर्क मञ्चले आज श्रावण १६ गते शनिबारका दिन नवदुर्गा पार्टी प्यालेस सुकेधारा काठमाण्डौमा अगुवा कार्यकर्ता भेला तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रम औपचारिक रुपमा सकिएपछि शुरु भयो जन्मदिनको शुभकामना कार्यक्रम।

 

जन्मदिवसको अबसर थियो नेकपा एमाले ओखलढुंगाका नेता नानीबाबु बुढाथोकीको। लामो समय देखि कम्युनिष्ट राजनीतिमा सक्रिय बुढाथोकी ओखलढुंगामा संबिधानसभाको निर्वाचनमा एमालेको तर्फबाट उमेद्वार समेत बनिसकेका छन्।

औपचारिक कार्यक्रमको संचालन सकिएपछि अनौपचारिक शुभकामना कार्यक्रमको संचालन एमालेका अर्का नेता सुरेन्द्र बोगटीले गरेका थिए। औपचारिक कार्यक्रम सकिएपछि बाँकी रहेका सहभागीहरुले खादा लगाईदिएर उनलाई शुभकामना दिएका थिए। ‘मै पनि एमाले , सहि पनि एमाले’ भन्ने गित बजाएर रमाइलो बातावरणमा जन्मदिवसको बिशेस शुभकामना दिइएको थियो। शुभकामना दिने र फोटो खिच्नेको भिडभाड जस्तै बनेको थियो।
आफुलाई शुभकामना दिनेहरुलाई उनले लड्डु खुवाएका थिए।

ओखलढुंगामा एमालेको तर्फबाट आगामी निर्वाचनमा समेत उनि प्रदेश ‘ख’ बाट उमेद्वारको रुपमा प्रबल दाबेदार मानिन्छन्।

 


Published :१६ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media