लुम्बिनीमा नयाँ सरकार गठनको कसरत पुनः सुरु

राष्ट्रपाटी न्युज

१८ श्रावण २०७८

काठमाडौं– लुम्बिनीमा नयाँ सरकार गठनको कसरत पुनः सुरु भएको छ ।

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार हस्ताक्षर बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ४१ सांसदले हस्ताक्षर बुझाएका हुन् ।

विपक्षी दलले साझारुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्। राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन्।


Published :१८ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media