थप ३९३८ कोभिड संक्रमित,३७ को मृत्यु

राष्ट्रपाटी न्युज

२१ श्रावण २०७८

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३९३८ जना कोभिड संक्रमित थपिएका छन् ।

देशभर १८,४०८ जनामा गरिएको नमूना परीक्षणमा ३,९३८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा २०१२ जना संक्रमणमुक्त भएका छन् भने ३७ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल ३४,४२२ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना संक्रमित थपिएका छन् ।

 


Published :२१ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media