१२ कक्षाको परीक्षा स्थगित

राष्ट्रपाटी न्युज

२३ श्रावण २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहित अब हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।


Published :२३ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media