प्याब्सकले उद्घोषण तालिम तथा प्रतियोगिता संचालन गर्ने

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७८

काठमाडौ। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले यही श्रावण २५ गते सोमबार देखि भाद्र १ गते सम्म उद्घोषण तालिम तथा प्रतियोगिता संचालन गर्ने भएको छ। विहान ९ बजे देखि ११ बजे सम्म अनलाइन संचालन गरिने उक्त कार्यक्रममा प्रसिद्व संचारकर्मी प्रशन्न ढुंगाना प्रमुख प्रशिक्षकको रुपमा रहने छन्। प्याब्सक अन्तर्गतका करिव ५० विधालयका विधार्थीहरुले भाग लिने उक्त तालिम कार्यक्रममा १ सय भन्दा धेरै प्रशिक्षार्थी बिधार्थी रहने उक्त कार्यक्रमका संयोजक राजु पुडासैनीले जानकारी दिएका छन् ।

 

पाँच दिनको तालिम पश्चात भाद्र १ गते बिहान १० बजे देखि १ बजे सम्म उद्घोषण प्रतियोगिता संचालन गरिने छ। उक्त प्रतियोगिताबाट विजयी हुन सफल विधार्थीहरुले निकट भबिश्यमा संचालन हुन गैरहेको प्याब्सक बालकुमार स्मृति गायन प्रतियोगिताको औपचारिक कार्यक्रम समेत संचालन गर्ने कार्यक्रम आयोजक कमिटिका सदस्य सुदिप काफ्लेले बताएका छन्।


Published :२४ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media