आज ३,६५१ जना संक्रमित थपिए, २२ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२५ श्रावण २०७८

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३,६५१ जना संक्रमित थपिएका छन् । १६ हजार ५ सय ९४ जनाको नमूना परीक्षण गर्दा ३,६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी बिगत २४ घण्टामा १,७८४ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३६,२८८ जना रहेको छ । नेपालमा निको भएको दर ९३.५ प्रतिशत रहेको छ ।

काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना नयाँ संक्रमित थपिएका छन् ।


Published :२५ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media