बूढानिलकण्ठ १० मा ‘एक घर दुइ बिरुवा’ अभियान चल्दै

राष्ट्रपाटी न्युज

२५ श्रावण २०७८

काठमाडौं । गत बर्ष कोरोना माहामारीको बेला लकडाउनको समयमा अशक्त, कमजोर एबम बिपन्न हजारौ परिवार तथा व्याक्तिहरुलाई खाना खुवाउने अभियान संचालन गरेको बूढानिलकण्ठ नगरपालिका वडा नं १० ले यो पटक आफ्ना नागरिकहरुका लागि एक घर दुइ विरुवा अभियान संचालन गरिरहेको छ। वडा भित्रका करिव दुइ हजार दुइ सय घरमा कौशी खेतिलाइ प्रबर्द्वन गर्ने उदेश्य सहित संचालन गरिएको यस कार्यक्रम अन्तर्गत एक घरको लागि दुइ वटा कागतीको विरुवा वितरण गरिदै आएको छ।

शुरुमा ३२०० कागतीको विरुवा वितरण गर्ने उदेश्य सहित शुरु कार्यक्रम अन्तर्गत हालसम्म १५०० भन्दा धेरै विरुवा वितरण गरिसकिएको वडाका कर्मचारी राजेन्द्र अधिकारी बताउछन्। वडा क्षेत्रमा खेति योग्य जमिनहरु सबै जसो घडेरी र घरमा परिवर्तन भएपछि कौशी खेतिको बिकास गर्न र स्थानीय नागरिकलाइ थोरै भएपनि आफनै कौशीमा उत्पादन गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको हो।

हाल वडा कार्यालयको बरन्डामा प्रशस्त मात्रामा कागतीको विरुवा रहेको र उक्त विरुवाहरु लिएर आफ्नो कौशी वा घर परिसरमा रोप्न सकिने भएकाले छिटो भन्दा छिटो विरुवा लिन घर भएको प्रमाण सहित आउन सम्पूर्ण वडाबासीलाई वडाध्यक्ष नवराज भट्टराईले आग्रह गरेका छन्।


यस अघि बूढानिलकण्ठ नगरपालिकाले प्रदान गरेको करिव २५० बिरुवा बितरण भैसकेको र वडाको तर्फबाट एक घर दुइ बिरुवा अभियान अन्तर्गत कागतीको विरूवा बितरण भैरहेको वडाध्यक्ष भट्टराई बताउछन।

वडाबासीको चाहना बमोजिम कौशी खेतिलाइ प्रबर्द्वन गर्न यसअघि घरबाट निस्कने कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन मिल्ने कम्पोष्ट बिन समेत बितरण गरिएको छ।


Published :२५ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media