तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा तीन हजार १९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ११५ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार १५० जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै, सघन कक्षमा रहेका ७६१ जना मध्ये १७८ जनाले भेन्टिलेटरको सहयोगमा उपचार गराइरहेका छन् । होम आइसोलेसनमा ३३ हजार ९८५ र संस्थागत आइसोलेसनमा तीनहजार ३४७ संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ३८१ जना रहेका छन् । नेपालमा अहिले सक्रिय संक्रमितहरु ३७ हजार ३३२ रहेका छन् । पछिल्लो २४ घण्टामा एकलाख ३२ हजार २२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको छन् ।


Published :२६ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media