बिहीबार देखि राती ८ बजेपछि सवारी सञ्चालनमा रोक

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७८

काठमाडौं। बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएकाे छ ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । ‘अब राति ८ बजेभन्दा अगाडि आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ,’ उनले भने । साथै जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको उनले बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पछिल्लो केही सातादेखि कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको तर, अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको बताए ।


Published :२६ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media