लुम्बिनीमा मुख्यमन्त्री केसीसहित सात मन्त्रिको सपथ

राष्ट्रपाटी न्युज

२८ श्रावण २०७८

बुटवल। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको तीन घण्टापछि केसीले सपथ लिएका हुन्। यसैबीच लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएसगै सात सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई सपथ गराएपछि लगत्तै नवनियुक्त अन्य मन्त्रीलाई पनि सपथ गराएका थिए ।
नयाँमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजबादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीका कृष्णध्वज खडकाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा सपथ लिएका छन् ।

त्यसैगरी जसपाकी पुरमती ढेंगा र सुमन शर्मा तथा नवलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जितेका अजय शाहीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् ।


Published :२८ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media