अन्तत: फुट्यो एमाले, माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ता

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेपाल समूहका सांसद मेटमणि चोधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिए ।

एमाले वरिष्ठ नेता नेपालले पार्टी एकताकाे संभावना टरेपछि नयाँ दल दर्ताका लागि निवेदन दिएको बताए । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिह्न खुला किताब राखिएको छ।

आयोगमा रामकुमारी झाँक्री, राजेन्द्र पाण्डेलगायतका नेता निर्वाचन आयोग पुगेर दल दर्ता गरेर फर्किएका थिए ।

यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी थीइन ।


Published :२ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media