प्याब्सकले सातौं बालकुमार स्मृति स्कुल गायन प्रतियोगिता संचालन गर्दै

काठमाडौ। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले सातौ बालकुमार स्मृति स्कुल गायन प्रतियोगिता संचालन गरिरहेको छ। यस प्रतियोगितामा काठमाडौं उपत्यकाका विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिन सक्ने र सहभागी हुन चाहने बिधार्थिले कुनैपनि नेपाली गीत गाएको ३ मिनेटको भिडियो तयार पारि प्याब्सकको अफिसियल ईमेल pabsokkathmandu@gmail.com मा आफ्नो नाम, ठेगाना, उमेर र विद्यालयको नाम सहित पठाउनु पर्ने कार्यक्रम संयोजक तेञ्जिङ्ग भुटियाले जानकारी दिएका छन् । श्रावण २९ गते देखि भाद्र ०४ गते शुक्रबारसम्म भिडियो पठाउने समय रहेको र धेरै सहभागीहरुले भिडियो पठाइसकेको उनले जानकारी दिएका छन् ।

गायिका कुन्ती मोक्तान एबम गायक मिङ्ग्मा शेर्पा निर्णायक रहेको उक्त प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगीहरुले क्रमश १५,००० १०,००० तथा ५,००० पुरस्कार प्राप्त गर्ने छन्।

उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका कक्षा १० सम्म अध्ययनरत १०० भन्दा धेरै बिधालयका बिधार्थीहरु डिजिटल अडिसनमा सहभागी भएको आयोजकले जानकारी दिएको छ।

बिगत केहि बर्षदेखि निरन्तर गायन प्रतियोगिता संचालन गर्दै आएको प्याब्सकले आफ्नो पूर्व अध्यक्ष बाल कुमार गुरुङको निधन पछि उक्त प्रतियोगिताको नाम बालकुमार स्मृति स्कुल गायन प्रतियोगिता राखेर संचालन गर्दै आएको छ।

विधार्थी भित्र अन्तर्निहित बिबिध ज्ञान एबम कलाहरु उजागर गर्ने महत्वपूर्ण उदेश्य सहित गायन प्रतियोगिता संचालन गरिने गरिएको प्याब्सकका अध्यक्ष गेन्द्र लामाले बताएका छन्।


Published :४ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media