प्याब्सकको उद्घोषण प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौ। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले उद्घोषण तालिम समापन तथा प्रतियोगिता सम्पन्न गरेको छ। चाबहिल चुच्चेपाटी स्थित स्मार्ट पार्टी प्यालेसमा स्वास्थ्य मापदण्ड पालनागरी आयोजना गरिएको उक्त कार्यक्रममा उद्घोषण तालिमबाट छानिएका टप टेन मध्यबाट विजेता छनोट गरिएको थियो।

योहो टेलिभिजनका समाचार प्रमुख तथा प्रसिद्द पत्रकार जीवराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा निर्णायकको रूपमा प्रसिद्व संचारकर्मीहरु अच्युत घिमिरे एबं प्रशन्न ढुंगाना रहेका थिए। निजी विद्यालय संचालक,प्रिन्सिपल, शिक्षक एबं प्रतियोगी विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा प्रतियोगी विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालन गर्न लगाएर विभिन्न विधा मार्फत परीक्षण गरी विजेता घोषित गरिएको थियो।

प्याब्सकका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव राजन श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष समीर बास्तोलाले स्वागत मन्तब्य दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि भण्डारीले मन्तव्य राख्दै प्याब्सकको यस्तो कार्यक्रमबाट आफू प्रभावित भएको र भविष्यमा सहकार्यको लागि तयार रहेको बताएका थिए। त्यसैगरी कार्यक्रममा विष्णु पराजुली, नारायण तिम्सिना, अच्युत घिमिरे, प्रशन्न ढुंगानाले समेत आफ्नो विचार राखेका थिए।

यसअघि निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले उद्घोषण तालिम संचालन गरेको थियो। पाँच दिनसम्म विहान ९ बजे देखि ११ बजे सम्म अनलाइन संचालन गरिएको उक्त कार्यक्रममा प्रसिद्व संचारकर्मी प्रशन्न ढुंगाना प्रमुख प्रशिक्षकको रुपमा रहेका थिए। प्याब्सक अन्तर्गतका करिव ५० विधालयका विधार्थीहरुले भाग लिएको उक्त तालिम कार्यक्रममा १ सय भन्दा धेरै प्रशिक्षार्थी बिधार्थीहरु लाभान्वित भएको उक्त कार्यक्रमका संयोजक राजु पुडासैनीले जानकारी दिएका छन् ।

पाँच दिनको तालिम पश्चात उक्त उद्घोषण प्रतियोगिता संचालन गरिएको हो। उक्त प्रतियोगिताबाट दीपिका ढुंगाना (पायोनियार पब्लिक स्कूल) प्रथम, आरजु अर्याल (पुष्पलाल मेमोरियल स्कूल) द्वितीय, संगम कार्की(पुष्पलाल मेमोरियल स्कूल)तृतीय तथा दीपशिखा मगर (सगरमाथा एजुकेशनल एकेडेमी) चौथो भएका थिए।

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले विद्यार्थीहरुमा अन्तर्निहित ज्ञान र कला तथा क्षमताहरु प्रस्फुटन गराउन निरन्तर विविध सिर्जनात्मक गतिविधी सञ्चालन गरिरहेको र भविष्यमा अन्य कार्यक्रमका साथ आउने संस्थाका अध्यक्ष एबं मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा बताउँछन्।


उक्त प्रतियोगिताबाट विजयी हुन सफल विधार्थीहरुले निकट भबिश्यमा संचालन हुन गैरहेको प्याब्सक बालकुमार स्मृति गायन प्रतियोगिताको औपचारिक कार्यक्रम समेत संचालन गर्ने महासचिव राजन श्रेष्ठले बताएका छन्।


Published :७ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media