शैक्षिक गुणस्तरमा अब्बल बन्दै बालउद्दार माध्यमिक बिधालय

काठमाडौं । एमबिबिएसको ईन्ट्रान्स परिक्षामा सामुदायिक बिधालय विश्व निकेतन मा.वि. त्रिपुरेश्वरका विधार्थी आशिक झा टपर बन्न सफल भए । करिव एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा दुई सय ८५ मात्र सामुदायिक विद्यालय रहेका छन्। अभिभावकको खासै विश्वास नरहेको यो अबस्थामा यो नतिजाले सामुदायिक विधालयप्रति अभिभावकको विश्वास पक्कै बढाएको छ। यसबाट केही सामुदायिक विधालयहरुपनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने खालका पनि छन् भन्ने कुरा पुष्टि भएको छ।

राज्यले अरबौं लगानी गर्दा गर्दै पनि सानो लगानीबाट संचालित निजि बिधालय संग समेत प्रतिष्पर्धा गर्न नसक्ने भनि आरोप खेपिरहेका सामुदायिक बिधालयहरुका पनि आफ्नै कथा बेथा त छंदै नै छन्। तर जे होस् पछिल्लो परिस्थितिमा काठमाडौँमा रहेका सामुदायिक बिधालयहरुले राम्रो लय समातेको देखिन्छ। अझ कोरोना भाइरसको प्रकोप र यस बाट सिर्जित लकडाउनले शिक्षाक्षेत्र लाइ थिलथिलो बनाएको यो परिस्थितिमा धेरै निजि बिधालयहरु चरम आर्थिक संकटमा फस्ने परिश्थिति बढ्दै जाँदा सामुदायिक बिधालयहरुको लागि बिधालय सुधार गर्ने अत्यन्त महत्वपूर्ण अवसर सिर्जना भएको छ। साधारणतया निम्न मध्यम र निम्न बर्गीय परिवारका छोराछोरीले अध्ययन गर्ने यी बिधालयहरुले समेत अनलाइन माध्यमबाट बिबिध शैक्षिक गतिबिधि संचालन गर्न थाले पछि यस्ता बिधालयहरुमा समेत व्यापक सुधारका संकेतहरु देखिन थालेका छन्। आर्थिक उपार्जन तथा रोजगारीका अवसर गुम्दै गएपछि निजि बिधालयका अभिभावकहरु शैक्षिक बिकल्पको रुपमा सामुदायिक बिधालय रोज्न थालेका छन्। यसकारण अहिले सामुदायिक बिधालयमा बिधार्थीको संख्या बिस्तारै बढ्दै छ। पछिल्लो समय अनलाइन माध्यमबाट शैक्षिक गतिबिधि संचालन गर्ने कार्यमा अब्बल देखिएको छ बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा अबस्थित बालउद्वार माध्यमिक बिधालय।

बूढानिलकण्ठ नगरपालिकाको कपन जस्तो अत्याधिक जनसंख्या रहेको यो क्षेत्रमा यस बिधालयको अतिरिक्त अन्य केहि सामुदायिक बिधालय तथा दर्जनौ निजि बिधालयहरु छन्। कोरोना संक्रमण र यसबाट सिर्जित लकडाउन पछि भौतिक रुपमा बिधालयहरु खुल्ने स्थिति नभएपछि सबै सरकारी, सामुदायिक एबम निजि बिधालयहरु अनलाइन माध्यमको भर पर्नुपर्ने स्थित आएको छ। यस परिस्थितिमा जुन बिधालयले अनलाइन माध्यम र भौतिक गतिविधिलाई सहज र सन्तुलित बनाएर लैजान्छ त्यही बिधालय राम्रो बिधालय ठहरिन्छ। गतबर्षको लकडाउनको बेला अन्य बिधालयहरु खुल्ने तयारी नगर्दै पठन पाठन शुरु गरिसकेको र अहिले अनलाइन माध्यम र भौतिक रुपमा नै शैक्षिक गतिविधि मार्फत आफुलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ बालउद्वार माध्यमिक बिधालय।

कोरोना संक्रमण र लकडाउनले पारेको प्रभावबाट आर्थिक श्रोत र रोजगारी गुमाएका कयौं अभिभावकलाई आफ्नो छोरा छोरीलाइ कम शुल्कमा राम्रो शिक्षा दीक्षा दिने एउटा भरपर्दो संस्था सरकारी बिधालय बन्न सक्नु पर्छ। राज्यको ठुलो लगानी रहेका सरकारी संस्थाहरु मध्यको एउटा आशालाग्दो संस्था हो बालउद्वार माध्यमिक बिधालय। यस विधालयका केहि बिशेषताहरुको बारेमा चर्चा गरौँ।

कक्षा ११ र १२ मा ६ संकाय
संकाय हटेर बिषय मात्र भनिएपनि व्याबहारिक रुपमा यस बिधालयमा ६ वटा संकायहरु रहेका छन्। जस्तोसुकै ठुलो मानिने निजि प्लस टु वा बिधालयमा यतिधेरै संकाय चलाउने आँट गर्न धेरै गाह्रो हुन्छ। तर यो बिधालयमा कानुन , कम्युटर इञ्जिनीएरिङ्ग , बिज्ञान, व्यबस्थापन ,मानविकी ,शिक्षा सहितका ६ वटा संकायहरु संचालित छन्। बिधार्थीहरुले आफुले चाहेको बिषय छानेर पढ्न सक्छन। यहाँ प्लस टु मा पढाउने शिक्षक, शिक्षिकाहरु धेरै जसो निजि प्लस टु मा पढाउने तथा अनुभवी रहेका छन्।

कम्युटर इञ्जिनीएरिङ्गको पढाइ
नेपाल सरकारद्वारा यस बिधालयमा कम्युटर इञ्जिनीएरिङ्गको पढाइ संचालित छ। कक्षा ९ बाट इच्छुक बिधार्थीहरुले कम्युटर इञ्जिनीएरिङ्गको पढाइ शुरु गर्न सक्छन। कक्षा १२ सम्म कम्युटर इञ्जिनीएरिङ्ग पढिसकेपछि ओभरसियर सरहको प्रमाणपत्र प्राप्त हुन्छ जसको प्रयोग गरि बिधार्थीहरुले बिभिन्न सरकारी एबम गैरसरकारी कार्यालयमा अबसर प्राप्त गर्न सक्नेछन भने भविष्यमा इञ्जिनीएरिङ्ग वा अन्य बिषयमा माथिल्लो तह अध्ययन गर्ने बाटो खुला नै रहन्छ।

सामान्य रुपमा बिधार्थी छनौट गर्ने र कक्षा ९ मा इञ्जिनीएरिङ्ग पढाउने प्रचलनलाइ तोडदै यस बिधालयले इन्ट्रान्स मार्फत लिखित परीक्षा र अन्तरबार्ता लिएर भर्ना गर्ने पद्दति शुरु गरेको छ। ४८ जनाको मात्र कोटा रहेकोले अन्य धेरै बिधार्थिहरुलाइ भर्ना गर्न नसकी सामान्य तर्फ भर्ना गर्न बाध्य हुनुपरेको प्रधानाध्यापक बिनोद पण्डितले जानकारी दिएका छन् । नजिकैका निजि तथा अन्य सरकारी बिधालयबाट मात्र नभई उपत्यका बाहिरबाट समेत कक्षा ९ मा भर्ना हुन बिधार्थीहरु आउन थालेको उनि बताउछन्।

अनलाइनबाट सबै कक्षाहरु संचालन
कतिपय सरकारी बिधालयका शिक्षक तथा बिधार्थीहरुले इन्टरनेटको प्रयोग सहि ढंगले गर्न नसक्ने र कक्षाहरु प्रभावकारी ढंगले संचालन नभएको भन्ने गुनासो बिपरित गत बर्ष देखि नै यस बिधालयमा प्ले ग्रुप, नर्सरी देखि कक्षा १२ सम्मका कक्षाहरु अनलाइनको माध्यमबाट प्रभावकारी रुपमा संचालित छन्। जुमको माध्यमबाट कक्षाहरु संचालित भएपनि अब होमवोर्क, परीक्षा लगायतलाइ अझ व्यवस्थित गर्न माइक्रोसफ्ट टिम संचालन गर्न लगिएको इञ्जिनिएर तथा विभागीय प्रमुख उदय राज कार्की बताउछन। बिधालयमा ६ जना कम्युटर इन्जिनियर , रसायन शास्त्र , भौतिक शास्त्र ,अंग्रेजी ,लेखा , हिसाब लगायतका प्रशस्त दरबन्दीहरु रहेको र धेरै शिक्षक शिक्षिकाहरु अनलाइन कक्षा लिन सक्षम रहेको सहायक प्रधानध्यापक राजन रेग्मीले बताएका छन्। कुनै शिक्षक शिक्षिकाहरुमा समस्या आए तालिम प्रदान गरेर भएपनि सक्षम बनाउने गरिएको परीक्षा प्रमुख बामदेब भट्टको अनुभव छ।

सबल भौतिक पूर्वाधार
बिधालयमा कक्षा १२ सम्म संचालन गर्न मिल्ने सम्पूर्ण पुर्बाधारहरु तयार छन्। भुकम्पले असर गरेका केहि भवनहरु हाल रेट्रोफिटिंग मार्फत मजबुत बन्दैछन। बिधालय प्रवेश गर्ने गेट देखि क्यान्टिन ,बिभिन्न ल्याबहरु,बास्केट बल मैदान आकर्षक छन्। पुस्तकालय लगायत केहि संरचनालाइ रेट्रोफिटिंगले असर गरेपनि अब केहि समयमा नै सबलीकरण भएका बलिया बिल्डिंगहरु बिधालय संग हुनेछन। अन्य सरकारी बिधालयहरुमा शौचालयको कमि देखिने बिबिध समाचार सुनिएपनि यस बिधालयमा महिला र पुरुषका लागि प्रशस्त संख्यामा शौचालयहरु छन्।

नमुना बिधालयमा छनौट हुन सफल
नेपाल सरकारले प्रत्येक बर्ष सरकारी बिधालयहरुको सुधारका लागि देशव्यापी रुपमा नमुना बिधालय छनोट गर्ने गर्दछ। यही प्रक्रिया अनुसार गत बर्ष समग्र बिधालयको सुधारिदो अवस्थालाई मुल्यांकन गरि यस बिधालयलाइ समेत नमुना बिधालयमा छनौट गरिएको छ। बिधालयको भौतिक पुर्बाधार तथा शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्नको लागि यो एउटा महत्वपूर्ण अबसर पनि हो। तयार गरिएका योजना अनुसार करोडौं रुपैयाँको कार्यक्रम बिधालयमा संचालन गर्न बिधालयको वर्तमान प्रशासन र बिधालय व्यबस्थापन समिति कतिको सफल हुन्छ त्यो त हेर्न बाँकि नै छ।

तहगत रुपमा फरक समयमा कक्षा संचालन
यस बिधालयमा माध्यमिक तह ( ९ ,१० र प्लस टु) , आधारभूत तह (१ देखि ८ ) एबम शिशुकक्षाहरु फरक फरक समयमा संचालन गरिदै आएको छ। बिहानी सत्रमा माध्यमिक तह तथा प्लस टु एबम अन्य कक्षाहरु दिवा सत्रमा संचालन गरिन्छ। एकसाथ सबै कक्षाहरु संचालन गर्दा सबै बिधार्थीहरुलाइ ख्याल राख्न र हेरचाह गर्न गार्हो हुने भएकाले फरक फरक समयमा कक्षा संचालन गरिएको प्रधानाध्यापक बिनोद पण्डित बताउंछन्।

अन्त्यमा,
बूढानिलकण्ठ नगरपालिका १० को कपनको केन्द्रमा रहेर पनि होला राजनीतिक रुपमा यो बिधालयप्रति धेरैको चासो रहनु स्वाभाविक नै हो। राजनीतिक रुपमा धेरै प्रभावमा परेको भनि कतिपय परिस्थितिमा बिबिध प्रचारबाजी भएपनि बिधालयको शैक्षिक गुणस्तर अझ प्रभावकारी हुँदै गएको प्रष्ट देख्न सकिन्छ। स्थानीय जनप्रतिनिधि एबम बिधालय व्यबस्थापन समितिको सकारात्मक योगदान र भूमिकाबाट बिधालयको शैक्षिक, प्रशासनिक एबम व्यबस्थापकीय पक्ष अझ मजबुत बन्दै गएको प्रधानाध्यापक बिनोद पण्डितको दावी छ।
नमुना बिधालय प्रस्तावित भएर मात्र हुँदैन , यसका सबै मापदण्ड पुरा गरि सम्पूर्ण योजना सफलता पुर्बक सम्पन्न गर्नु फलामको चिउरा चपाउनु सरह हो। नमुना बिधालय बनाउने यो अभियानमा अहिलेको बिधालयको नेतृत्व कतिको सफल हुन्छ यो त हेर्न बाँकी नै छ।

 

 

 


Published :९ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media