भदौ ३० गतेबाट कक्षा १२ को परीक्षा हुने

राष्ट्रपाटी न्युज

१६ भाद्र २०७८

काठमाडौं। यस अघि स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुन सञ्चालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन्। साे परीक्षा असाेज ८ गतेसम्म सञ्चालन हुने छ । यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएकाे भए पनि काेराेनाकाे संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सिफारिसमा परीक्षा स्थगित गरिएकाे थियाे ।


Published :१६ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media