यसरी बन्ने भए एमालेका वडा र पालिका कमिटि

राष्ट्रपाटी न्युज

१ कार्तिक २०७८

काठमाडौं । नेकपा एमालेले आउँदाे २०७८ कात्तिक ६ गते देशैभरिका ६ हजार ७ सय ४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा एकसाथ अधिवेशन सम्पन्न गर्ने भएको छ। उक्त अधिवेशनहरूबाट चुनिने पदाधिकारी र सदस्यहरूकाे संख्या समेत निश्चित भैसकेको छ।

हरेक कमिटीमा अध्यक्ष -१, उपाध्यक्ष-१, सचिव- १ र उपसचिव -२ सहितको पदाधिकारी चयन गरिने छ भने सदस्य संख्या भने कमिटि अनुसार फरक फरक रहने छ।

वडा कमिटीमा निर्धारित सदस्य संख्या गाउँपालिका/नगरपालिका-३१ ,उपमहानगरपालिका-४१,महानगरपालिका -५१ रहने छ भने पालिका कमिटीकाे निर्धारित सदस्य संख्या गाउँ/ नगरपालिका – ७५,उपमहानगरपालिका – ८५ ,महानगरपालिका – १०१ रहने छ।


Published :१ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media