रास्ट्रीय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी सम्मानित

राष्ट्रपाटी न्युज

१९ कार्तिक २०७८

काठमाडौं- बूढानिलकण्ठ नगरपालिका वडा नं ८ वडा कार्यालयले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। वडा नं ८ को गोल्फुटार बास्केटबल मैदानमा सब्य र भब्यरुपमा सम्पन्न भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराई ,परराष्ट्र मामिला बिज्ञ हिरण्यलाल श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरु ,कार्यपालिका सदस्य तथा वडावासीहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको बिशेष अबसरमा राष्ट्रिय दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कुटीलाई सम्मान गरिएको छ। वडा कार्यालयद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा वडा निवासी समेत रहेका पुर्कुटीलाई सम्मान गरिएको हो।राजनीति र समाजसेवाको माध्यमबाट समाज विकासको लागि अतुलनिय योगदान पुर्याउदै संबैधानिक आयोगको गरिमामय सदस्य बनेकोमा बधाई सहित सम्मान गरिएको वडा अध्यक्ष सुमन तामाङ्गले जानकारी दिएका छन।

 

 


Published :१९ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media