थाहा पाउनुहोस् २०८१ माघ ७ गते सोमबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ माघ ७ गते सोमबार, ई.स. २०२५ जनवरी २०, तिथि- माघ कृष्णपक्ष सप्तमी, हस्त- नक्षत्र, सुकर्मा- योग, वणिज- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः३३ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

कर्कट : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

तुला : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

वृश्चिक : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।


Published :माघ ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media