‘एस आइ युके युनिभर्शीटी फेयर २०२१’ हुँदै

राष्ट्रपाटी न्युज

२९ कार्तिक २०७८

काठमाडौं। एस आइ युके नेपालले मंसीर ५ गते, आइतबार, पुतलीसडक स्थित कार्यालयमा युके युनिभर्सिटी फे यर २०२१ को आयोजना गर्ने भएको छ । बेलायत पढ्न जान चाहाने बिधार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उदेश्यले सन् २०१८ देखि नेपालमा सेवा सुचारु गरेको हो। एस आइ युकेले नेपालबाट मात्र नभइ ३६ देशमा ७६ ग्लोबल अफिस मार्फत प्रत्यक बर्ष चालीस हजार अन्तराष्ट्रिय विधार्थीहरुलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गरिरहेको छ।

सबै देशका शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गदै आएको एस आइ युकेले पोष्ट प्यान्डामीक, नवीनतम परिवर्तित भिजा नियम र बेलायती शिक्षण पद्वतिका बारेमा सत्य तथ्य जानकारी गराउन उक्त शैक्षिक मेलाको आयोजना गर्न लागेको एसआइ युके नेपालका डाइरेक्टर विनय अधीकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

उक्त शैक्षिक मेलामा यूकेका प्रसिद्व विश्वविधालयका प्रतिनिधिहरूले विधार्थीहरूलाई युकेमा अध्ययनको अबसर र चुनौतीका बारेमा जानकारी गराउने जनाइएको छ । फेयरमा बेलायतमा अवस्थित उत्कृष्ट विश्वविधालयका प्रतिनिधिहरूले विधार्थीहरूलाई परामर्श प्रदान गर्नेछन । शैक्षिक मेलामा युनिभर्शीटी अफ एबर्डिन, अन क्याम्पस क्याब्रीज एजुकेशन ग्रुप, वात्स पा युनिभर्शीटी, डुहर्म युनिभर्शीटी, स्वासी युनिभर्शीटी , होम्स इन्स्टिच्युट, क्वीन माग्रेट युनिभर्शीटी, स्टडी ग्रुप, युनिभर्शीटी फर द क्रीयटीभ आट्स, अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप लगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरूले नेपाली विधार्थीलाई विशेष छात्रवृतिको समेत घोषणा गर्नेछन। फेयरमा विधार्थी र अविभाबकले एकै छानामुनि बेलायतको शैक्षिक प्रणाली, अध्ययनमा लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र वहन गर्नुपर्ने चुनौतीहरुका बारेमा पूर्ण जानकारी प्राप्त गर्न सक्ने एस आइ युके
नेपालका कन्ट्री मेनेजर शिशिर रेग्मीले जानकारी गराएका छन्।

हाल बेलायतले पढीसकेपछि विधार्थीहरुलाई २ वर्षको कार्य अनुमती भिषा दिने गरेको छ । विधार्थी भिषा भनेको टियर ४ भिषा हो जसलाई टियर २ भिषा अर्थात् ‘स्किल्ड वर्कर’ भिषामा परिवर्तन गर्ने केहि मापदण्डहरु रहेको छ । विधार्थीको पढाई खर्च उसले रोजेको विश्वविधालय अनुसार फरक पर्दछ । सामान्यत बेलायतमा नेपाली विधार्थीलाई स्नातक तह वा त्यसभन्दा माथिको कोर्ष गर्नको लागि बार्षिक खर्च ८ हजार देखि १२ हजार पाउन्डसम्म लाग्छ । यस्तै, औसतमा एउटा नेपाली विधार्थीको पढाई खर्च वार्षिक १२ हजार पाउन्ड अर्थात् नेपाली करिव १७ लाखको हाराहारीमा हुने गर्दछ ।

यी र यस्ता विभिन्न विश्वविधालय, शैक्षिक पद्धती,खर्च , अध्ययनपछिको अबसरका बारेमा प्रत्यक्ष साक्षात्कार गर्नका लागि एस आइ युके नेपालले विधार्थीहरूलाई अभीभावकको साथमा ‘एस आइ युके युनिभर्शीटी फेयर २०२१’ अवलोकन गर्न आह्वान गरेको छ। इच्छुक विधार्थीहरुले अहिले नै लिंक https://bit.ly/2Zx6XBx मा गएर आफ्नो नाम दर्ता गर्न सक्ने समेत व्याबस्था गरिएको छ । अवलोकन गर्ने विधार्थीले निशुल्क आइएल्ट्स (IELTS) तयारीको अवसर पाउने आयोजकले जानकारी दिएको छ ।

यही २०७८ मंसिर ५ गते आइतबार एस आइ युके नेपाल पुतलीसडकमा आयोजना हुने उक्त कार्यक्रम बिहान ११:३० देखि साँझ ४:३० सम्म आयोजना हुने आयोजकले जानकारी दिएको छ।


Published :२९ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media