एमाले अध्यक्षमा भिम रावलको उम्मेदवारी घोषणा

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । महाधिवेशनमा औपचारिकरुपमा नेतृत्वका लागि दाबी गर्ने रावल पहिलो नेता हुन् । उनले भने ‘पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखित वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

रावलले आफूले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेका छन् ।


Published :५ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media