थप २३२ जनामा कोरोना सङ्क्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएको छ । सात हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयको जानकारी अनुसार, नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ४७० जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी, एक जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ ।

मन्त्रालयको जानकारी अनुसार हालसम्म सात हजार १६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । साथै पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 


Published :५ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media