एमाले ओखलढुंगाको अध्यक्षमा शंकर कटवाल

काठमाडौं । नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा शंकर कटवाल विजयी भएका छन् । नेकपा एमालेको नबौं जिल्ला अधिवेशनमा भएको निर्वाचनमा प्रतिद्वन्दी सिताराम गुरुङलाई १२४ मतले पराजित गर्दै कटवालले जिल्ला अध्यक्षमा बाजी मारेका हुन्।

त्यसैगरि उपाध्यक्षमा हर्कवाेल राई (४१३ )ले रंजित धमला (३४६) लाइ ६७ मतले , सचिवमा कमल न्यौपाने (३५६)ले तिर्थ सुबेदी (२९१ ) लाइ ६५ मतले पराजित गरेका छन्। उपसचिवमा मणिराज राई (३५४) र अशाेक थापा (३३७) निर्वाचित भएका छन् भने केशवहरि ढुंगेल (२४३) सहित तिन जना पराजित भएका छन्।


Published :२६ पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media