बूढानिलकण्ठमा कार्यकारी विवाद :- पुरानोले नयाँको हाजिरमा रातो लगाइदिए

काठमाडौं । केहि दिन देखि वूढानिलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत को भन्ने कुरामा विवाद देखिएको छ। हालै सचिव स्तरीय निर्णयबाट सरुवा भएर आएका भुवनेश्वर लामिछानेलाई हालका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले पदभार प्रदान गर्न आनाकानी गरेपछि गंभिर विवाद देखिएको हो।

हालका प्रमुख प्रशासकीय अधिकृत कार्कीले नै नियमित काम गरिरहेको र नगरपालिकाका सुचना तथा विभिन्न समितिका बैठकहरुमा उनि नै उपस्थित रहने गरेको एक कर्मचारी बताउछन्। सरुवा भएर आएका प्रमुख लामिछानेले हाजिर गरेपनि कार्यकक्ष पाएका छैनन् । उनि कुनाको एउटा कोठा तिर बस्ने गरेका छन्।

वूढानिलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका लामिछानेलाई हाजिर गराएपनि हालसम्म पुरानै प्रमुख प्रशासकीयले कार्यसम्पादन गर्दा जनप्रतिनिधि ,कर्मचारी तथा सेवाग्राहीहरु विचमा अन्यौलता सिर्जना भएको छ।

यसै बीच रास्ट्रपाटिलाइ प्राप्त बिशेष सुचना अनुसार पुराना प्रमुख प्रशासकीय अधिकृतले नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत लामिछानेले गरेको हाजिरीमा रातो लगाई दिएका छन्। उनले माघ १२ गते सम्म राष्ट्रियसभा निर्बाचनको आचारसंहिता लागु भएको भन्दै आफू कार्यालय नछोड्ने भन्दै रिसको झोकमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको हाजिरी खातामा रातो लगाईदिएको बताइएको छ।

यसै सन्दर्भमा वूढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले हालको तिन तहको सरकारहरु बीच तालमेल नमिल्दा यस्ता समस्याहरु आएको भन्दै आफूले दुवै पक्षलाई सहमतिमा आउन आग्रह गरेको र मन्त्रालयमा समेत समस्या समाधानको लागि जानकारी गराइसकेको बताएका छन्। संघीय सरकारको कतिपय निर्णयका कारण आफूहरुलाई अप्ठेरो पर्ने गरेको समेत उनि बताउँछन्। सरुवा भैसकेको व्याक्तिले सहज ढंगले मार्गप्रशस्त गर्नु उपयुक्त हुने उनको भनाइ रहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त समुहमा रहेका लामिछानेले यस अघि साविक कपन गाविसमा सचिवका रुपमा पनि काम गरिसकेका छन्।

तारकेश्वर नगरपालिकाका स्थानीय बासिन्दा लामिछाने आए संगै यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की कञ्चनरुप नगरपालिका सप्तरी सरुवा भएका छन् भने केहि महिना पछि नै उनको कार्याबधी समेत समाप्त हुँदै छ।


Published :३० पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media