एमसीसी पारित गर्ने कांग्रेस संसदीय दलको निर्णय

राष्ट्रपाटी न्युज

३ फाल्गुन २०७८

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस संसदीय दलले एमसीसी पारित गर्ने निर्णय गरेको छ ।

संसदीय दलको मंगलबार बसेको बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट अनुमोदन गरेर संसदमा दर्ता गराएको एमसीसी सम्बन्धी प्रस्ताव पारित गर्न आहवान गरेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।

थापाले केपी शर्मा ओली सरकारले २०७५ माघ २५ गते मन्त्रिपरिषदबाट अनुमोदनका लागि निर्णय गरेकाले एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेसले महाअभियोग उपयुक्त समयमा आएकाले राजनीतिक दलहरुबाट सहयोग हुने विश्वास लिएको छ ।

बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने बैठकमा एमसीसी टेबुल हुने बताएका थिए । प्रधानमन्त्रीले आफूले सभामुखलाई टेलिफोन गरेर एमसीसी टेबुल गर्न भनेको जानकारी दिएका छन् ।


Published :३ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media