पल शाह पक्राउ

राष्ट्रपाटी न्युज

१५ फाल्गुन २०७८

काठमाडौं । चर्चित अभिनेता पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलिले उनलाई आज पक्राउ गरेको हो ।पलविरुद्ध जिप्रका तनहुँमा नाबालिग गायिका समिक्षा अधिकारि माथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस समेत हालेका थिए ।

पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।


Published :१५ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media