आगलागी निभाउन श्रममन्त्री हेलिकप्टरमा

राष्ट्रपाटी न्युज

२२ फाल्गुन २०७८

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली पुगेका छन्।

भूपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको थियो । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली पुगेका थिए । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गरेका थिए । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ।


Published :२२ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media