अब एमालेले बृद्व भत्ता पाँच हजार पुर्याउँछ – डा राजन भट्टराई

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नं १० ले वडाभित्र बसोबास गर्ने जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ। चैत्र ७ गते वडाको कार्की इभेन्ट्समा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान तथा मायाको चिनो प्रदान कार्यक्रममा आफु बसेको वडाबाट सम्मान पाउँदा जेष्ठ नागरिकहरु निकै खुसि भएका थिए।

बूढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई रहेका थिए। उक्त समारोहमा विशेष मन्तव्य राख्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य डा राजन भट्टराईले सम्पूर्ण जेष्ठ नागरिकहरुको बारेमा सोच्ने पार्टी नेकपा एमाले रहेको बताएका थिए। बृद्व भत्ताको शुरुवात नेकपा एमालेले गरेको भन्दै अहिले चार हजार रहेको बृद्व भत्ता नेकपा एमालेले पांच हजार पुर्याउने घोषणा समेत गरेका थिए।

बूढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई , नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य मिठाराम अधिकारी , जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज लक्ष्मी संग्रौला लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा वडा नं १० का ३०० भन्दा बढी जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो।

प्रत्येक वर्ष जेष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रम गर्दै आएको वडा नं १० को जेष्ठ नागरिक सम्मान कार्यक्रम पश्चात जेष्ठ नागरिकहरुले भोजन ग्रहण तथा नाचगान गरेका थिए ।


Published :७ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media