बूढानीलकण्ठ-१२ मा २८ जना युवा एमालेमा प्रवेश : डा भट्टराईद्वारा स्वागत

राष्ट्रपाटी न्युज

चैत्र २६, २०७८

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा विभिन्न पार्टी परित्याग गरी २८ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एबम विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नवप्रवेशी युवाहरुलाई अबिर तथा खादा लगाई स्वागत गरेका थिए । बूढानीलकण्ठ १२ का युवा नेता सुवास अधिकारीको नेतृत्वमा २८ जना युवाहरु नेकपा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले नगर कमिटी उपाध्यक्ष तथा वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईको उपस्थिति तथा रास्ट्रिय युवा संघ नेपाल वडा नं १२ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रवेश गरेका अधिकारीलाई वडा संयोजक र सज्जन सापकोटालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।


Published :चैत्र २६, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media