चुनावी तालमेल : गठबन्धनको बैठक भोलि मंगलबार पुन बस्ने

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ। मंगलबार पुनः बस्नेगरी सोमबारको बैठक सम्पन्न भएको हो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन तयारी, चुनावी तालमेल लगायतका विषयमा गठबन्धनका दलहरु सहमति नजिक पुगेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

‘तालमेलको कुरा छ, यसमा गम्भीरताका साथ छलफल भएको छ। केही विषयमा सहमति भएको छ’, सञ्चारमन्त्री कार्कीले भने , ‘भोलि मंगलबार बिहान पुनः साढे ११ बजे बस्ने बैठकले सहमतिलाई अन्तिम रुप दिनेछ।’

‘महानगरपालिका, उपमहानगरपालिका लगायत समग्रमा छलफल भयो। सकारात्मक रुपले अगाडि बढ्नुपर्छ भन्ने कुरा छ’, उनले भने , ‘हामीले बनाएको मापदण्डको वरीपरी रहेर छलफल गरेका छौं।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी लगायत सत्ता साझेदार दलका शीर्ष नेताको उपस्थिति रहेको थियो।


Published :५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media