देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

काठमाडाैं । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भएकाे छ ।  प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती र  गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media