गाउँपालिका उम्मेद्वारसहित दर्जनौँ नेता कार्यकर्ता एमाले प्रवेश

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौँ । नेपाली काँग्रेस सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्षका उम्मेद्वार जयबहादुर लामासहित दर्जनौँ नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । आज चौतारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेस नेता लामासहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

लामासहित नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर ५ का अध्यक्ष सनत कुमार अधिकारी, नेपाली कांग्रेसबाटै निर्वाचित वडा नम्बर ३ का सानुकान्छा तामाङ, जसपाका पूर्व जिल्ला अध्यक्ष जीवन तामाङ, नेपाली काँग्रेस केन्द्रीय यातायात विभागका केन्द्रीय सदस्य नवीन्द्र कुमार योन्जन,तरुण दल जिल्ला उपसभापति, जुगल नेपाली काँग्रेसका सचिव सुवास लामा, क्षेत्रीय प्रतिनिधि पासाङ लामा,जुगल ५ का सचिव समीर योन्जन,जुगल ५ सभापति प्रकाश ढकाल,जङ्गबहादुर लामा,विनोद तामाङ,विनोद लामा,राजेन्द्र लामा लगायत दर्जनौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

२०७४ निर्वाचनमा एमालेका होमनारायण श्रेष्ठ २७१८ मतसहित बिजयी हुँदा आज एमाले प्रवेश गरेका जयवहादुर लामाले २६३७ मत  प्राप्त गरेका थिए । होमनारायणसँग झिनो मतले पराजित जयवहादुरलाई एमालेमा भित्र्याउँदै एमालेले उनलाई नै गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने जनाएको छ ।


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media