Close Menu
    आजका समाचार

    दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न

    मंसिर ५ २०८३, शनिबार

    एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

    मंसिर ५ २०८३, शनिबार

    विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग

    मंसिर ५ २०८३, शनिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
    • एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री
    • विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग
    • एनपीएल तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई,  लुम्बिनी १० विकेटले पराजित
    • एनपीएल उपाधिका लागि लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको लक्ष्य
    • संविधानको व्यवस्थाअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल
    • प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको सुझाव
    • नेपालमा राक्षसीराज कायम रहे युथ फोर्स आन्दोलनमा उत्रिन्छः केपी ओली
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»राजनीति»विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग
    राजनीति मंसिर ५ २०८३, शनिबार

    विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ५ २०८३, शनिबारNo Comments1 Views
    Clock मंसिर ५ २०८३, शनिबार

    काठमाडौँ । नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुगेकामा चिन्ता व्यक्त गर्दै छिटो पूरा गर्न माग गरिएको छ ।

    विसं २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौताको दुई दशक पूरा भएका अवसरमा नेपालको शान्ति प्रक्रियामा नागरिक स्तरबाट योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह गरेको हो ।

    समाजले आज आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पुनः आग्रह’ विषयक नागरिक संवादमा बोल्ने राजनीतिक समाज र नागरिक समाजका प्रतिनिधिहरूले विस्तृत शान्ति सम्झौता ऐतिहासिक भएको चर्चा गर्दै सम्झौताको मर्म र भावनाअनुरूप सङ्क्रमणकालीन न्यायलाई राजनीतिक सौदाबाजीबाट मुक्त राखी पीडितमैत्री, विश्वसनीय र निष्पक्ष प्रक्रियामार्फत शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

    समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय कार्य संयोजन समिति सदस्य पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुकुमार चौलागाईं, नेपाली कांग्रेसका सहमहामन्त्री मनोजमणि आचार्य, नेकपा (एमाले) का नेता तथा संविधानसभा सदस्य रामेश्वर फुयाँल, पूर्वराज्यमन्त्री तथा द्वन्द्वपीडित देवी खड्का, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति धन थापा लगायतले यो प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

    यसै विषयमा समाजका पाल्पा, सुर्खेत, रूपन्देही, दाङ, चितवन, गुल्मी, सल्यान शाखाले पनि कार्यक्रम उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन् । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने सन्दर्भमा समाजले अवधारणा पत्र पनि सार्वजनिक गरेको छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    संविधानको व्यवस्थाअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

    मंसिर ५ २०८३, शनिबार

    प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको सुझाव

    मंसिर ५ २०८३, शनिबार

    नेपालमा राक्षसीराज कायम रहे युथ फोर्स आन्दोलनमा उत्रिन्छः केपी ओली

    मंसिर ५ २०८३, शनिबार

    मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

    मंसिर ५ २०८३, शनिबार

    पाँचवर्षे कार्यकाललाई आधार मानेर प्रदेश र स्थानीय निर्वाचन गर्नुपर्छः संयोजक दाहाल

    मंसिर ४ २०८३, शुक्रबार

    मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

    मंसिर ४ २०८३, शुक्रबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    खेलकुद

    दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न

    By Manoj Khatiwadaमंसिर ५ २०८३, शनिबार0

    काठमाडौँ । चौका र छक्काको वर्षा, अन्तिम समयसम्म कायम जितको रोमाञ्चक प्रतिस्पर्धा र दर्शकदीर्घाको उत्साहपूर्ण…

    एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

    मंसिर ५ २०८३, शनिबार

    विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग

    मंसिर ५ २०८३, शनिबार

    एनपीएल तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई,  लुम्बिनी १० विकेटले पराजित

    मंसिर ५ २०८३, शनिबार

    एनपीएल उपाधिका लागि लुम्बिनीद्वारा सुदूरपश्चिमसामु १५६ रनको लक्ष्य

    मंसिर ५ २०८३, शनिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.